६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

आईसीसी टी–२० विश्व कप क्रिकेट छनाेटको उपाधिका लागि नेपाल र ओमान खेल्दै

काठमाण्डाै – आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ ।  नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् । समूह ‘ए’ मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।

ओमानसँग ५ रनले पराजित भएको नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हाे । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो ।

प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी-२० विश्व कपमा छनोट भइसकेका छन् ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित