६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गण्डकी प्रदेश सभामा पुस १४ गत्ते सांसदको शपथ

पोखरा, ६ पुष । गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ । प्रदेश सचिवालयका अनुसार पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको जनाएको छ ।

शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति फोटो पनि बोकेर आउन भनिएको छ । शपथ लिन आउन मातृभाषमा पनि पाइने छ । यसका लागि शपथ ग्रहणको तीन दिनअघि संसद सचिवालयलाई जानकारी दिनुपर्छ ।

प्रदेशसभाका नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ खुवाउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित