७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

गाेरखाकाे पालुङटारमा जुवा खेलेको आरोपमा ४ जना पक्राउ

गाेरखा। गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ३ सिउडेनी जंगलमा जुवा खेलिरहेको अवस्थामा ४जना जुबाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पानपा ५ का ७० वर्षीय ईश्वरी प्रसाद न्यौपाने, सोहि ठाउँका ४२ वर्षिय जयराम राजभाट, वडा नं.३ का ६२ वर्षीय कृष्ण बहादुर बोगटी र सोहि ठाउँका ४२ वर्षीय जानु मोहम्मद पक्राउ परेका जिल्ला प्रहरी कार्यलयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

उनीहरुको साथबाट ४७ हजार नगद सहित म्याट्रेस, कम्मल, तास बरामद गरिएको उनले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीको टोलिले गोप्य सूचनाको आधारमा बुधबार दिउसो १२ बजे सिउडेनी जंगलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिएसपी लामिछानेले बताए ।

पक्राउ परेका ४ जना विरुद्ध जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूर मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी लामिछानेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित