६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

देउवा र प्रचण्डबीच वार्ता

काठमाडौं पौष १० । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले छलफल भइरहेको छ । नेताद्वयबीच मात्र वार्ता भइरहेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीचको वार्ता जारी रहेको स्रोतले जानकारी दियो । नयाँ सरकारको नेतृत्वका लागि यी दुवै नेताले पहल गरिरहेका छन् ।

आजै बालुवाटरमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक पनि बस्ने बताइएको छ ।

गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रका नेताले पहिलो चरण अर्थात् अब दुई वर्षका लागि सरकारले नेतृत्वमा दाबी गरिरहेका छन् ।

गठबन्धनका शीर्ष नेताको बैठकमा सरकार गठनसहित, राष्ट्रपति, सभामुखलगायत पदमा भागबन्डाका विषयमा समेत छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सरकार गठनका लागि दाबी पेस गर्न आज बेलुकासम्मको समय दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित