श्रीमान बिरुद्व श्रीमतीले जबरजस्ती करणी गरेको भन्दै मुद्वा दर्ता भएपछि प्रहरीले ति पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभो । उजुरीकै आधारमा प्रहरीले उनको श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो ।
पिडित महिलाका अनुसार श्रीमानले पटक पटक आफ्नो सहमती विपरीत धाक, धम्की दिदै कुटपिट गरेर जबरजस्ती गर्दै आएकोले उजुरी गर्न बाध्य भएको जनाएको छ । महिलाको उजुरीको आधारमा गोरखा प्रहरीले पिडक पुरुषलाई भाद्र ३१ गते आइतबार पक्राउ गरी बैवाहिक जबरजस्ती करणी कसुर शिर्षकमा मुद्वा दर्ता गरी अदालतबाट अनुसन्धानकालागी म्याद थप गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ परेका पुरुष प्रहरीको हिरासतमा रहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुवैको नाम प्रहरीले गोप्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्