शुक्रबार, भदौ २४, गोरखा,कैलालीमा गएको सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया एक किशोरी मृतावस्थामा फेलापरेकी छन् ।धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा गएको सोमबारदेखि बेपत्ता भएकी थिइन्कै लाली भएर बग्ने मोहना नदी किनारमा शुक्रबार उनको शव फेलापरेको हो । धनगढी–२, मोहना किनारमा शव फेलापरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार शव ‘फुलेको’ अवस्थामा छ । शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ । आस्था सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन् ।उनी बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत थिइन् ।आस्था आफ्नो साथीसँग आइतबार साँझ एक शिक्षकलाई भेट्न उनको घर पुगेको खुलेको छ । विद्यालयबाट सरुवा भएका शिक्षकलाई भेट्न गए पनि उनी घरमा नभेटिएको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् । सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको प्रहरी अनुुसन्धानबाट खुलेको छ ।उनले घरमा आफ्नी बहिनीलाई ‘आफूले मन पराएको केटाले नभेटे आफू बेपत्ता हुन्छु’ भनेको सूचना प्रहरीले पाएको थियो । घटना सम्बन्धमा प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्