प्रदेश सरकारले छुट्याएको दश लाख रुपैयाँ बजेटमा सभा हलको मर्मत, दलका कार्यालय व्यवस्थित गर्ने, सभामुख, उपसभामुख, पदाधिकारीका आवास भवन मर्मतलगातय काम पनि भइरहेको सूचना अधिकारी सुवेदीले बताउनुभयाे । जुनसुकै बेला सरकारले अधिवेशन आह्वान गर्न सक्ने भन्दै तयारी गर्न लागिएकाे उहाँकाे भनाइ छ ।  

गण्डकी प्रदेशमा नेपाली कांग्रेसले २७, नेकपा एमालले २२ सिट, नेकपा माओवादी केन्द्रले आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई र राजीव गुरुङ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि नेकपा एसकाे एक सिट रहेकाे छ ।