६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

रुपन्देहीको मर्चवारमा ७ वर्षीया बालिकाको हत्या।

१४ पुस, बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा ७ वर्षीया बालिकाको हत्या भएको छ । मर्चवारी गाउँपालिका–१ इस्लामपुरकी सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो ।

उनको शव मर्चवारी–१ इस्लामपुरमा शनिबार फेला परेको प्रहरीले जनाएको छ । कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालिकाको हत्या भएको खुलेको छ । हत्यामा संलग्नको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित