६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै

१७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ । भुटान भने पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ८-० को फरकिलो अन्तरले पराजित भएको थियो ।
प्रतियोगितामा तीन टिमले डबल राउण्ड रोविन लिगका आधारमा खेल्नेछन् र अन्तिममा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित