६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

२०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने

काठमाडौँ । सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो । 

गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी भएको थियो । उक्त समझदारीसँगै नेपालबाट औपचारिक रूपमा श्रमिकहरू रोमानिया जान थालेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सन् २०२४ का लागि २० हजार भिसा स्वीकृत भइसकेको बताए । रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम समझदारी भएको थियो । 

यूरोपेली मुलुकहरूमध्ये रोमानिया नेपालीहरूका लागि श्रम गन्तव्य मुलुकको रूपमा विकसित हुँदै आएको छ । रोमानियासँग श्रम समझदारी नहुँदा दलालमार्फत लाखौं रुपैयाँ तिरेर व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका थिए । उक्त श्रम समझदारीपछि मेनपावर कम्पनीहरूमार्फत संस्थागत रूपमा कम लागतमा रोमानिया जाने बाटो खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित