६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

भट्टराईलाई टिकट दिने भन्ने कुरा भ्रम मात्र

गोरखा, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा माओबादी केन्द्रकै उमेद्वार हुने बताउनु भएको छ । २४ औं बासु स्मृतिसभामा सहभागी हुन आज गोरखा आइपुग्नु भएका उपाध्यक्ष श्रेष्ठले आज एक सार्वजनिक कार्यक्रममा बोल्नुहुदै गोरखामा २ मा नेपाल समाजबादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई टिकट दिने भन्ने कुरा भ्रम मात्र भएको दावी गर्नुभयो ।                                               उहाँलार्ई गठबन्धनले टिकट दिने या माओबादी केन्द्रले टिकट दिने भन्ने बारेमा कुनै निर्णय छैन ।’ उहाँले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जिल्ला पार्टीबाट आफ्नो नाम पनि सिफरिस गरेको भन्दै पार्टिको निर्णयलाई स्विकार गरेर अघि बढ्ने बताउनुभयो । तर यहाँ बाट  हाम्रो पार्टीकै उमेद्वार हुन्छ यसमा कुनै दुबिधा पाल्नु जरुरत छैन । यस अघि नेपाल समाजबादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडने घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित