६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार नगरपालिकामा माबी स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने।

गोरखा, २१ भदौ । गोरखाको पालुङटार नगरपालिकाले आत्माहत्या बिरुद्ध सचेतना फैलाउन माबी स्तरीय  बक्तृत्वकला प्रतियोगिताको आयोजना हुने भएको छ । नगरपालिका शिक्षा शाखाको आयोजनामा पालिका भित्रका सम्पूर्ण बिधालयबाट सहभागिता रहने गरी ‘आत्माहत्या रोकथाममा बिधार्थीको भूमिका’ बिषयक बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको नगरप्रमुख बिबस चिन्तनले जानकारी दिनुभयो ।

‘बिश्व आत्माहत्या रोकथाम दिवसको अबसरमा पारेर नगरपालिका शिक्षा शाखा, युवा तथा खेलकुद शाखा, इलाका प्रहरी कार्याल्य ठाँटी पोखरी, कोशिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन समुह तथा सिबि एमको सहयोगमा सनिबार कार्यक्रमको आयोजना गरिएको हो, उहाँले भन्नुभयो, ‘यसबाट बिधार्थीहरुको क्षमता अभिबृद्धिमात्र होइन बिधालयका हरेक बालबालिकाहरुमा आत्माहत्या बिरुद्धको सचेना फैलाउन सकिन्छ ।’

प्रतियोगितमा नगरपालिका भित्रका माध्यामिक तहका बिधार्थीहरु सहभागी हुने उहाँले बताउनुभयो । पछिल्लो समय गोरखा जिल्लामा आत्माहत्या गर्नेको संख्या बढ्दै गएको छ । गोरखा जिल्लामा गत बर्ष मात्रै ६९ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । जस मध्ये ३५ महिला र ३४ जना पुरुष रहेका छन् । यसमध्ये पनि ९ जना बालबालिका रहेका थिए । जसमा ८ जना बालिका र १ जना बालकले आत्माहत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित