६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथन दौड सम्पन्न

भदौ २५,गोरखा ।  प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथन दौड सप्पन्न भएको छ । लिगलिगकोट–सिरानचोक– गोरखा दरबार खुल्ला म्याराथन दौड प्रतियोगितामा निर्धारित ४० किलोमिटरको दुरी ३ घन्टा ११ मिनेट १ सेकेण्डमा पूरा गर्दै भवानी दल गणका तिर्थ बहादुर तामाङ पहिलो भएका छन । उनले नगद १ लाख ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

भारतीय सेना अनिश थापा मगर दित्तिया,भए  । निर्धारित दुरी ३ घन्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै उनले  नगद १ लाखका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।  यस्तै, निर्धारित दुरी ३ घन्टा १५ मिनेटमा पार गर्दै नेपाली सेनाको बरखगणका मोहनदेव जोशी तृतिय भए  उनले  नगद ७५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा नेपाली सेनाको चण्डीप्रसाद गणका देवराज महत्तरा चौथो,नेपाली सेनाकै भिमकाली गणका गोविन्द कार्की पाचौं,सोलुखुम्बु महाकुलुङ्ग १ का अर्जुन राई कुलुङ्ग छैठौं, महेन्द्र दल गणका थमबहादुर अधिकारी सातौं, गोरखाको सिरानचोक गाउँपालिका ५ का अशोक बराम आठौं, भुपुसैनिक रैबतबहादुर दाहाल नवौं र महाविर सौर्यगणका विमल खड्का दशौं स्थान हासिल गर्न सफल भए।

प्रतियोगितामा चौथो, पाचौं, छैठौं, सातौं, आठौं, नवौ र दशौं स्थान हासिल गर्ने खेलाडीले क्रमशः नगद ५० हजार, ३५ हजार, ३० हजार, २५ हजार, २० हजार, १५ हजार र १० हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगिताका उत्कृष्ट १० खेलाडीलाई प्रमुख अतिथि नेपाली सेनाको मध्यकमाण्ड हेर्डक्वार्टरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ९२ जना सहभागी थिए । प्रतियोगितामा लिगलिगकोटदेखि चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेबेटार, पस्लाङ चौतारो हुँदै गोरखा दरबारको हनुमानभन्ज्याङसम्मको दुरी तय गरिएको थियो ।

नेपाल निर्माणको उत्पत्तिस्थल लिगलिगकोटदेखि सिरानचोक हुँदै नेपाल एकीकरणको जग गोरखा दरबारसम्म आयोजना गरिएको  प्रतियोगिताले इतिहासको संरक्षण र प्रबद्र्धनमा सहयोग पुगेको कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गरी राष्ट्रिय एकताको स्मरण गराउनुका साथै पर्यटन प्रबद्र्धनमा सघाउन  प्रतियोगिताले मद्धत गर्ने अपेक्षा गरिएको छ ।

चार सय ६३ बर्ष पहिले लिगलिगकोटका राजा द्रब्यशाहले गोरखा राज्यमा राज्याभिषेक गरेको दिनको स्मरणमा उनले प्रयोग गरेको पदमार्गलाई आधार बनाएर २०७६ सालबाट म्याराथुन सुरु गरिएको थियो । कोभिडका कारण दुई बर्ष यो प्रतियोगितालाई निरन्तरता दिन नसकेपनि यो बर्ष हुने भएको हो  । द्रब्यशाहले वि सं १६१६ भदौ २५ गते गोरखा नगरपालिकाको पश्लाङ चौतारोमा राज्याभिषेक गरेका थिए । राज्याभिषेक गरेको ठाउँमा हाल उनको शालिक  छ ।

जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाको मध्यकमाण्ड हेर्डक्वार्टरका कमाण्ड सेनापति उपरथी श्रेष्ठ, गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन र सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने ब्यक्ति तथा संघसंस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित