माओवादी आन्दोलन महान क्रान्ति हो, अब म माओवादीमा फर्कन्छुः बाबुराम भट्टराई

पोखरा, २५ भदौ : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रचण्ड र आफू मिलेर फेरि एकपटक नेपालको नेतृत्व गर्ने दाबी गरेका छन् ।
पोखरामा शनिबार आयोजित पार्टी प्रशिक्षणमा भट्टराईले आफूहरु दुवैले विगतको समीक्षा गरेको र गल्तीहरुबाट सिकेर नया ढंगले अघि बढ्ने सहमति भएको बताए । ४ मंसिरको चुनावमा मिलेर जाने र चुनावपछि पार्टी एकता गर्ने सहमति आफूहरुबीच भएको उनले स्पष्ट गरे । उनले माओवादी आन्दोलनलाई महान क्रान्तिको संज्ञा दिए ।
आफूले पार्टी छाडे पनि माओवादी आन्दोलनलाई कहिल्यै गलत नभनेको स्मरण उनले गरे । ‘माओवादी आन्दोलन महान क्रान्ति थियो’, उनको भनाइ उद्धृत गर्दै नेसपाका केन्द्रीय सदस्य हरिशरण आचार्यले भने, ‘मैले कहिल्यै माओवादी आन्दोलन खराब थियो भनेको छैन ।’
यद्यपि माओवादी नेतृत्व सच्चिन जरुरी रहेकामा भने आफ्नो जोड रहेको उनको भनाइ थियो । भट्टराईले काँग्रेस–एमालेजस्ता परम्परावादी शक्तिको विकल्पमा माओवादी आन्दोलन पुनर्संगठित गर्न सकिने सम्भावना आफूले देखेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्