६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

हिमानी ट्रष्टद्धारा गोरखाका करिब ३८ सय विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण

बिद्यार्थीहरुलाई झोला सहित १९ प्रकारका शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको ट्रष्टकी अध्यक्ष शाहले बताउनुभयो । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाऊँपालिका, भिमसेन थापा गाऊँपालिका र धार्चे गाऊँपालिकाका गरि ४० विद्यालय छनौट गरि सामग्री सहयोग गरिएको हो ।

चाइना फाउण्डेनको सहकार्यमा ट्रष्टले वितरण गरेको ब्याग भित्र नेपाली तथा अग्रेजी एक्सरसाइज बुक, कलर बक्स, स्टेशनरी बक्स, पेन्सील, हेल्थ ब्याग, लन्च बक्स, वाटर बोटल, टावेल जस्ता दैनिक प्रयोगमा आउने सामाग्री राखिएको जनाएको छ । साथै ब्यागमा फेस माक्स, साबुन, मन्जन, व्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्ड समेत राखिएको ट्रष्टले जानकारी दिएको छ ।

सबै विद्यालयमा गरेर झण्डै ५० लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको चाइना फाउण्डेशनका कवितकुमार नेपालीले जानकारी दिनुभयो । उहाँले शैक्षिक सामग्रीहरुको प्रभावकारी प्रयोगका लागि विद्यार्थीलाई प्रोत्साहित गर्न शिक्षक र अभिभावकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विष्णुप्रसाद भट्टराई, गोरखा नगरपालिकाका निवर्तमान मेयर राजनराज पन्तले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो । ट्रष्टका अध्यक्ष शाह शुक्रबार नै गोरखा सदरमुकाम आउनु भएको थियो । उहाँले हिजो बिहानै पुख्यौली कुलदेवताको रुपमा पुज्दै आएको गोरखकाली मन्दिर र गोरखनाथको दर्शन समेत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित