६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

देशभर डेंगु संक्रमण बढ्दै डेढ महिनामा ५ डेंगु सन्क्रमित को मृत्यु ।

देशभरको  संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ। डेंगु संक्रमण बढ्दै जाँदा यसबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म देशभर ७ हजार ३५६ जना डेंगु संक्रमित भेटिएका छन्।

‘हालसम्म ५ जनाको डेंगुबाटै मृत्यु भएको पुष्टि भएको छ, थप ३ जनाको पनि डेंगुकै कारण मृत्यु भएको भन्ने रिपोर्टिङ हामीलाई आएको छ तर हामीले डेंगुकै कारण मृत्यु भएको कि हैन भनेर पुष्टि गर्न खोजिरहेका छौं‚’ डा दाहालले भने।

दाहालका अनुसार हालसम्म डेंगु संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएकाहरूमा कैलालीमा एकजना, कान्तिमा एकजना, बाँकेस्थित भेरी अस्पतालमा एकजना, नेपालगन्ज मेडिकल कलेजमा एकजना र मेडिसिटी अस्पतालमा मृत्यु भएका एकजनाको मृत्यु भएको छ।

हालसम्म मृत्यु भएकाहरूमा कान्तिमा मृत्यु भएका एक बालकमा डेंगुसहित स्क्रब टाइफससमेत भएको डा दाहालले बताए।
‘अहिलेसम्म डेंगुबाट मृत्यु भएकामध्ये कान्तिमा मृत्यु हुने बच्चामा स्क्रब टाइफस पनि भएको पाइएको छ, अन्यमा भने डेंगुबाहेक अन्य स्वास्थ्य समस्या पनि भएको देखिएको छ‚’ उनले भने।

डेंगुबाट मृत्यु हुनेको संख्या बढ्दो

नेपालमा सन् २०१९मा सबैभन्दा धेरै (१७ हजार ९ सय ९२ जना) मा डेंगु संक्रमण देखिँदा ६ जनाको मृत्यु भएको थियो। तर यसपटक ७ हजार जनामा डेंगु संक्रमण हुँदा ५ जनाको डेंगुकै कारण मृत्यु भइसकेको छ।

त्यसमाथि अहिले कोरोनाको समेत संक्रमण भइरहेको समयमा डेंगु फैलिएको क्षेत्रमा सर्वसाधारणले कोरोना कै शंका गरेर ख्याल नगर्दा पनि मृत्यु बढेको हो कि भन्ने देखिएको डा दाहालको भनाइ छ।

‘अहिले छोटो समयमा नै डेंगुका बिरामी धेरै देखिएका छन्‚ अर्कोतर्फ, डेंगु संक्रमण धेरै देखिएको ठाउँमा कोभिड संक्रमण पनि धेरै नै भएको हुँदा मानिसहरू डेंगुको लक्षण देखिँदा पनि कोभिड शंका गरेर बस्दा जटिल भएको हो कि भन्ने देखिएको छ‚’ उनले भने। डेंगु संक्रमण हाल दैनिक बढिरहेको समयमा मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने हुँदा अझै केही समय सतर्क रहनुपर्ने तथा स्थानीय निकाय तथा अन्य सरोकारवालाहरूले लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान कडाइका साथ सञ्चालन गर्नुपर्ने देखिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित