२९ चैत्र २०८१, शनिबार । Apr 12, 2025

१४ बर्षिया बालिका बलात्कारको आरोपमा नेपाली सेनाका एक जना पक्राउ

गोरखा, २७ भदौ : गोरखामा एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिबास स्थित पामोकी १४ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी बेनिघाट–आरुघाट–आर्खेत–लार्के सडक निर्माण कार्यदलमा खटिदै आएका सेनाका अमल्दार मनबहादुर रानालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बाग्लुङ गलकोट नगरपालिका वडा नम्बर ११ घर भएका रानालाई सिर्दीबास प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रानाले गएको शनिबार साँझ ५: ३० बजेको समयमा बारीमा काम गर्न गएको मौका छोपी बालिकालाई बलात्कार गरेको प्रहरीको भनाई छ ।

प्रत्यक्षदर्शी एक महिलाले घटनास्थलमा पुगेर हारगुहार गरेपछि गाउँलेहरु जम्मा भएर घेराहाली रानालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । पक्राउ परेका रानालाई गएराती जिल्ला प्रहरी कार्यलय गोरखा ल्याएर अनुसन्धान थालिएको हो । पिडित परिवारले आज नै जाहेरी दिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित