६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

वाइसीएल गोरखा को इन्चार्ज मा इन्चार्जमा लक्ष्मी रम्तेल चयन

गोरखा, ३ असोज । नेकपा कम्युनिष्ट पार्टी माओबादी केन्द्रको युवासंग संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को गोरखा जिल्ला इन्चार्जमा लक्ष्मी रम्तेल चयन हुनुभएको छ । वाइसिएलको केन्द्रीय सदस्य समेत रहनु भएकी रम्मेतलाई जिल्ला संगठनको इन्चार्जको जिम्मेवारी दिएको हो ।

इन्चार्ज रम्तेलले संगठनले दिएको जिम्मेवारीलाई कुशलता पूर्वक पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । नागरिक सवाल डटकमसंगको प्रतिक्रियामा उहाँले गोरखामा वाइसिएललाई थप शसक्त र मजबुत पादै पार्टीको खम्बाको रुपमा संगठनलाई स्थापित गर्ने बताउनुभयो ।

संगठन भित्र जुझारु र निर्भिक र निडर नेतृको रुपमा स्थापित हुनुभएकी रम्तेल गोरखमा वाइसिएलको इन्चार्जसिप सम्हाल्ने पहिलो महिना नेतृ समेत बन्नु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका घर भएकी नेतृ रम्तेल नेकपा माओबादी केन्द्र सिरानचोक गाउँपालिका समितिको जिम्मेवारीमा समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित