६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

वाइसीएल द्वारा भिमसेन थापा गाउपालिका मा जनश्रमदान

गोरखा, ३ असोज । गोरखाको भीमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले जनश्रमदान सुरु गरेको छ । गाउँपार्टी समितिको योजना र रणनीतिमा पार्टीका सदस्यहरु तथा भातृसंगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का नेता कार्यकर्ताहरु जनश्रमदानमा होमिएका हुन् । सातौ संबिधान दिवसको अबसरमा पारेर पालिका भित्रका सडक मर्मत, नाला सरसफाई, गोरेटो बाटो मर्मत लगायतका काममा श्रमदान थालेको गाउँपालिका समितिका अध्यक्ष सुजन पाण्डे (बिनोद) ले जानकारी दिनुभयो ।

‘संबिधान दिवसको अबसरमा पार्टीमा आबद्ध युवाहरुलाई श्रमदानसंग जोड्ने योजना अन्र्तगत कार्यक्रम गर्न लागिएको हो, उहाँले भन्नुभयो, ‘बिशेष गरी गाउँपालिकाले लाईफलाईन सडकको रुपमा लिएका सडकहरु मर्मत सम्हारको कामलाई प्राथामिकता दिइएको छ ।’ अध्यक्ष पाण्डेले बर्खाले क्षती पुर्याएको सडकहरु सवारी सञ्चालन हुन नसकी रहेका बेला ति सडक खण्डमा सूचारु गर्नका लागि युवाहरु श्रमदानमा होमिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित