६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखामा डेंगु संक्रमितको संख्या ९५ पुग्यो

गोरखा, ४ असोज । गोरखामा हालसम्म डेंगु संक्रमितको संख्या ९५ जना पुगेको छ।

डेंगु रोगबाट मङ्गलबार आज (सम्म) जिल्लामा ९५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।

संक्रमित मध्ये गोरखा नगरपालिकामा ५९, आरुघाट गाउँपालिकामा २१, पालुङटार नगरपालिकामा १३ , भिमसेन थापा गाउँपालिका र गण्डकी गाउँपालिकामा १÷१ जना रहेको उहाँले बताउनु भयो ।

जिल्लामा डेंगु संक्रमणको दर बढेसँगै कार्यालयलले नियन्त्रणका लागी सबै सरोकारवाला नियकायहरुलाई घर भित्र र बाहिर लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरु ‘खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरेको छ ।

विहिबार सूचना जारी गर्दै डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टेको वृद्धि तथा विकास सफा र स्थित पानीमा हुने भएकाले आफ्नो घर, विद्यालय, कार्यालय र टोल वरपर लामखुट्टेको फुल पार्न सक्ने सम्भावित स्थानहरु सरसफाई गर्न अनुरोध गरिएको छ ।

सोहि अभियान अनुरुप डेंगु रोग नियन्त्रणका लागि गोरखा नगरपालिका, आरुघाट गाउँपालिका लगायतका स्थानीय तहले अभियान संचालन गरिरहेको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार डेंगु लागेका एक सयमध्ये २० देखि २५ जनामा मात्रै लक्षण देखिन सक्छ । तर, डेंगु संक्रमण हुनेहरू अरूलाई सार्न भने सक्रिय हुन्छन् ।

डेंगु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जीउ तथा हात दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने जस्ता डेंगुका लक्षण हुन । लक्षण देखिनासाथ उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने चिकित्सकहरू बताउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित