६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखा प्रसासनले गर्यो चाडबाडका बेला हुनसक्ने दुर्घटना रोक्न यस्तो निर्णय।

गोरखा, १० असोज । जिल्ला प्रसासन कार्यालय गोरखाले चाडबाडका बेला हुनसक्ने सवारी दुर्घटना रोकथाम र न्युनिकरणका लागि बिभिन्न निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायको अध्यक्षतामा आज बसेको यातायात व्यवस्था समिति गोरखाको बैठकले चाडवाडका सार्वजनिक यातायातले यात्रुहरुलाई ठगी गर्ने तथा चर्को भाडा असुल गर्नबाट रोक्न यस्तो निर्णय गरेको हो । बैठकले अनाधिकृत काउन्टर र परिचय पत्र नभएका व्यक्तिहरुबाट टिकट बिक्री नगर्न नगराउन निर्देशन दिएको छ ।

बैठकले सवारी धनी सवारी साधन मर्मत गरेर मात्र सञ्चालन गर्ने, सिट क्षमताभन्दा बढी यात्रु नचढाउने, सवारी साधानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गराउने निर्णय समेत भएको प्रसासनले जनाएको छ । त्यस्तै तोकिएको भन्दाबढी भाडा नलिने, यात्रुहरुको सुरक्षा र यात्रुहरुको सामानको बिशेष सुरक्षामा ध्यानदिने, सवारी अनुशासन कायम गराउन ट्राफिक प्रहरीले चेकजाँचलाई प्रभावकारी बनाउने, मादक पदार्थ र लागू औषध प्रयोग गरी सवारी साधन चलाउन दिने तथा सवै मादक पर्दाथ र लागू औषध प्रयोग गरी सवारी चलाएमा कडा कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले सवारी साधनको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने, बिमा नभएका र मेकानिकल परीक्षण नभएका सवारी साधनलाई चल्न नदिने तथा सवारी साधनमा सवैले देख्ने गरी भाडा लिस्ट टाँस गरी कार्यान्वयन ल्याउने निर्णय गरेको प्रसासनले जनाएको छ । बैठकमा यातायात व्यवसायी, सुरक्षा निकाय, नागरिक समाज, लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित