६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

सोमबार शेयर बजार घट्यो,कारोबार रकम एक अर्ब पनि नपुग्दा लगानीकर्ता चिन्तित

काठमाण्डौ । साताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्से ४ दशमलव २९ अङ्कले घटेको छ । आज नेप्सेमा मात्र गिरावट आएको छैन कारोबार रकम पनि घटेर ९० करोडमा सीमित भएको छ ।

दिनै भरिमा आज २२४ कम्पनीहरूको शेयर किनबेच भएका मध्य ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको घटेको छ । साथै बाँकी कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ ।

आज उत्पादन र लघुवित्त उपसूचक बाहेक नेप्सेका अन्य सबै उपसूचकमा रातो पोतिएको छ । नेप्सेको अन्य उपसूचकमा आज सबै भन्दा धेरै गिरावट आएको छ । उता लगानीकर्ताहरूले बजार बढ्नु र घट्नु भन्दा पनि कारोबार रकममा गिरावट आउनु चिन्ताको विषय भएको बताएका छन ।

उता लगानीकर्ता विक्रम पौड्यालका अनुसार सस्तोमा बिक्री गर्न नचाहेका कारण कारोबार रकम थोरै भएको बताउँदै बजारले अबका दिनमा सकारात्मक बाटो लिन बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित