६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

तनहुँको म्याग्दे गाउँपालिकामा हलगोरु पाल्ने किसानलाई रु.दश हजार अनुदान

तनहुँ २१ भदौ
जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले हलगोरु पाल्ने किसानलाई रु.दश हजार अनुदान दिने भएको छ ।                                   हाते टयाक्टरको प्रयोगले गोरु पालन व्यवसाय बिस्थापित बन्दै गएकोले निरुत्साहित भएका किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याएको हो । हाते टयाक्टर लिन नसक्ने किसानको रोजीरोटीको संरक्षण गर्नका लागि गाउँपालिकाले निर्णय गरी अनुदान दिन लागेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
गोरु पालन किसानको साथमा पनि गाउँपालिका छ भन्ने अनुभूति गराउन पनि प्राथामिकता दिइएको उनले बताए । गाउँपालिका कार्यालयले यस चालु आर्थिक बर्षमा हलगोरु पाल्ने किसानको लागि रु.दश लाख बजेट बिनियोजन गरेको उनले बताए । गाउँपालिका क्षेत्रमा हलगोरु पाल्ने किसानको तथ्याङ्ग संकलन गर्ने योजना रहेको छ ।
गाउँपालिका कार्यालयले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामाग्री ५० प्रतिशत अनुदानमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित