६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

मुग्लिन नारायणघाट सडकखण्डमा त्रिशुली नदीमा जीप खस्यो

गोरखा, १७ असोज । मुग्लिन नारायणघाट सडकखण्डमा पर्ने त्रिशुली नदीमा जीप खसेको छ । उक्त सडक खण्डको घुमाउनेमा पोखराबाट झापा जाँदै गरेको एउटा कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घुम्तीमा बा १० च ५४४५ नम्बरको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको प्रहरीको भनाई छ। कारसँगै नदीमा खसेका दुई जनालाई स्थानीय र प्रहरीले उद्धार गरेका छन् । नदीमा खसेको जीपका उद्धारको प्रयास भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित