६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने डा. भट्टराईको घोषणा

गोरखा, १७ असोज ।  पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत आज गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन नलड्ने घोषणा गर्नुभएको हो । समाजिक सञ्जालमा लामो स्टाटस लेख्दै डा भट्टराईले आफुलाई गोर्खाली जनताले ३ पटकसम्म निर्वाचन जिताएर जनताको सेवा गर्ने अबसर दिएको सवै मतदातालाई धन्यबाद समेत दिनु भएको छ ।

‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु, उहाँले लेख्नु भएको छ, चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’ चुनाव नलडेपनि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहनेछु ।’ डा. भट्टराईले गोरखाबाट बि.स २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जित्नु भएको थियो । आफूले तीन पटक चुनाव जितेर गोरखाको दुरगामी विकासमा योगदान पुर्याएको र भौतिक पूर्वाधारको पनि बिकास गरेको उहाँले दावी समेत गर्नुभएको छ ।

‘मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन्, डा. भट्टराईले भन्नुभएको छ, ‘केही शुरूभएका आयोजना पूरा हुन बाँकी छन् ।’ बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना तथा कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन आफू संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गर्ने प्रतिबद्धता समेत पूर्वप्रधान मन्त्री डा. भट्टराईले गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित