६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

उत्तरी गोरखाको मनास्लु हिमाल फेरि हिमपहिरा : २५ बर्षिय एक युवकको मृत्यु,

गोरखा, १७ असोज : उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिम पहिरा जाँदा थप एक जनाको मृत्यु भएको छ । बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ बर्षिय दावा छिरिङ शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो ।

हिमपहिरा पहिरोमा परेका ४ जना मध्ये ३ जना भने तत्काल नै सम्पर्कमा आएका थिए । पहिरामा परेका शेर्पा भने सम्र्पक बिहिन भएपछि खोजी सुरु गरिएको थियो । घटना लगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उहाँले बताउनुभयो । मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टर मार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई पोष्टर्माटमका लागि काठमाण्डौको टिचिङ अस्पतालमा पठाइएको एसपी खनालले जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाईने गोरखा प्रहरीले जनाएको छ । आईतबार बिहानपनि दोस्रो आधार शिविरमा हिमपहिरा गएको थियो । आइतबारको हिमपहिराले भने कुनै भएको थिएन । यस अघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरिमा हिमपहिरा गएको थियो ।

उक्त हिमपहिरामा परि २ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । सोमबार गएको हिमपहिरामा संखुवासभाका अनुप राई र विश्व बिख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित