६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ८ मा अन्तरटाेलस्तरीय भलिबल तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।

बिजया दशमीकाे अबसरमा पालुङटार नगरपालिका वडा नं ८ स्थित मिलन टाेलबिकास संस्थाले महानवमीका दिन आयोजना गरेकाे भलिबल प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगिता मा  मिलन  टाेल प्रथम बिकास सस्था प्रथम  भएकाे छ ।                                     पालुङटार ८ काे रेडमड ईङलिस बाेर्डङ स्कुलकाे प्राङ्गणमा भएको कार्यक्रम
टाेल बिकास संस्थाका अध्यक्ष इच्छाकाजी श्रेष्ठको सभापतित्वमा भएको हो ।  प्रतियाेगितामा वडा नं ८ का वडाध्यक्ष हाेप बहादुर नेपालीले प्रमुख अतिथिकाे रूपमा उदघाटन गर्नुभएकाे थियाे ।

भलिबल प्रतियाेगितामा प्रथम हुने मिलनटाेल  बिकास सस्था लाई बाेका र प्रमाणपत्र दिएको छ भने दोस्रो  हुने  सागछर्ने टाेल बिकास लाई  नगद रू.५००० र प्रमाणपत्र दिइएको छ । प्रतियोगितामा वडा नं ८ भित्रका ७ टिमकाे सहभागिता रहेकाे थियाे ।
साेही अबसरमा बालबालिकाहरूकाे बेलुन फुटाई, अभिभावकहरूका लागि घैंटाे फुटाई, भाले छाेपाई सहित बिबिध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित