चारवटा प्रदेश सभा क्षेत्र रहेको गोरखामा ३३ जनाको उम्मेदवारी
चारवटा प्रदेश सभा क्षेत्र रहेको गोरखामा ३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र ‘क’ मा ७ जना ‘ख’ मा १० जनाले उम्मेदवारी दिएका छन् ।निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा १० जना र ‘ख’ मा ६ जनाले उम्मेदवारी दिए का छन् । गोरखा क्षेत्र नम्बर १ क बाट नेकपा माओवादी केन्द्र (गठबन्धन) बाट कृष्ण धिताल, नेकपा एमालेबाट सुरेन्द्रबहादुर थापा, मंगोलनेशनल अर्गनाईजेशनका गंगाबहादुर राना, पिपल्स पार्टीका बिष्णुबहादुर कुँवर, राप्रपाबाट सुदिप ढकाल, राप्रपा नेपालबाट हरिराम अर्याल गोरखा नगरपालिका ७ का रामशरण आचार्यले स्वतन्त्र गोरखा क्षेत्र नम्बर १ ‘ख’ बाट नेपाली कांग्रेस (गठबन्धन) नन्दप्रसाद न्यौपाने, नेकपा एमालेबाट मोहन भट्टराई, एकिकृत समाजवादीका टेकराज भट्ट, पिपल्स पार्टीका रामचन्द्र कुमाल, मंगोलनेशनल अर्गनाईजेशनका रामबहादुर लामा, राप्रपा नेपालका सरिता देवकोटा, राप्रपाका सोमनाथ अधिकारी क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ बाट नेपाल समाजवादी पार्टी (गठबन्धन) बाट फडिन्द्र देवकोटा, नेकपा एमालेबाट राजु राना, नेमकिपाबाट बेलबहादुर बस्नेत, राप्रपाबाट राजेन्द्र शाह, मंगोलनेशनल अर्गनाईजेशनबाट बिपिका बराम गुरुङ, नेकपा एकिकृत समाजवादीबाट जुद्धबिलास भण्डारी, राप्रपा नेपालका सुबोध बस्नेत, हाम्रो नेपाल पार्टीका सरोज गिरीले
यस्तै गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका हरिशरण आचार्यले बिलबहादुर तामाङ सहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेस (गठबन्धनका) सुरेन्द्रराज पाण्डे, नेकपा एमालेका बसन्तकुमार गुरुङ, राप्रपाका ठाकुर भट्ट, राप्रपा नेपालका सफिदिन मियाँ, मंगोलनेशनल अर्गनाईजेशनका रामबहादुर घले र अजिरकोट ५ का हरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्