६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखामा ७ जनाले गरे उम्मेद्बारी फिर्ता ।

गोरखा, २७ असोज : गोरखा जिल्लाका प्रतिनिधिसभा तर्फका दुई निर्वाचन क्षेत्र र प्रदेशसभाका ४ निर्वाचन क्षेत्रमा उमेद्वारी दिएका मध्ये ७ जनाले उमेद्वारी फिर्ता लिएका छन् ।                                          सात जनाले उमेद्वारी फिर्ता लिएसंगै अब जिल्लामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित ४९ जना चुनावी मैदानमा रहने भएका छन् । यहीँ असोज २३ गते उमेद्वारी दर्ता गराएका प्रतिनिधिसभा गोरखा निर्वाचन क्षेत्र २ का स्वतन्त्र उमेद्वार डा.माधवी पराजुली ( भट्ट) ले आज उमेद्वारी फिर्ता लिनु भएको हो । उहाँले काग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उमेद्वारी दिनुभएको थियो ।

त्यस्तै क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा तर्फ स्वतन्त्र उमेद्वारी दिनुभएका गण्डकी प्रदेशका उर्जा सिंञ्चाई तथा खानेपानी मन्त्री हरिशरण आर्चाय पनि उमेद्वारी फिर्ता लिनु भएको छ । मन्त्री आचार्य नेपाल समाजबादी पार्टीका नेता पनि हुनुहुन्छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका उमेद्वार बेलबहादुर बस्नेत र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का उमेद्वार जुद्धबिलास भण्डारीले पनि आफ्नो उमेद्वारी फिर्ता गर्नुभएको हो ।

यसैगरी प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा (ख) मा उमेद्वारी दिनुभएका नेकपा एकिृकत समाजबादी पार्टीका टेकराज भट्ट, स्वतन्त्र उमेद्वार पूर्णबहादुर दाहाल र राजकुमार ढकालले पनि उमेद्वारी फिर्ता लिनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दाहाल नेपाली काग्रेस गण्डकी प्रदेश समितिका सदस्य तथा आरुघाट गाउँपालिकाका निवर्तमान अध्यक्ष हुनुहुन्छ भने ढकाल नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका आरुघाट गाउँपालिका सचिव हुनुहुन्छ ।

सात जनाले उमेद्वारी फिर्ता लिएपछि अब जिल्लाका प्रतिनिसभाका २ क्षेत्र र प्रदेशसभाको ४ क्षेत्रमा गरि ४९ जना उम्मेदवार चुनावी मैदानमा रहने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित