६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखामा आजदेखी बुद्विचाल प्रतियोगिता सुरु।

गोरखा, २७ असोज । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगर्त गोरखामा आजदेखी बुद्विचाल (चेस) प्रतियोगिता सुरु भएको छ ।                                             नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद प्ररिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारदेखी गोरखा सदरमुकाममा चेस प्रतियोगिता सुरु भएको हो ।

गोरखा नगरपालिका ५ को हिलेपोखरीमा रहेको गोरखा क्याम्पस परिषरमा सुरु भएको खेलको जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगरले ब्यानरमा संयुक्त हस्ताक्षर र चेस खेलेर उदघाट्न गर्नु भएको हो ।
खेलमा ७ प्रदेश सहित नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र एनआरएन गरी ४ घरेलु समूह समेत ११ समूहको सहभागीता रहेको  र महिला पुरुष गरी ६६ जना खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।

प्रत्येक समूहमा ३–३ जना महिला पुरुष हुने खेलमा महिला र खुल्ला गरी ६ प्रकारको खेल हुने आयोजकले जनाएको छ । जसका लागि यस अघि नै प्रदेश स्तरमा नै खेल खेलेर सेलेक्सन भएर खेलाडी गोरखा आएको हुन् ।

प्रतियोगित अन्तररगर्तं ५ दिन क्लासिकल, २ दिन रर्यापिड र १ दिन बिल्च प्रतियोगिता हुने छ । कात्तिक २ गते सम्पन्न हुने प्रतियोगितामा ६–६ जनाले स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने छन् ।

खेल अवधिभर १ जना खेलाडीले ९ खेल खेल्नुपर्ने छ । १ खेलका लागि ३ देखी ४ घण्टा लाग्ने गर्दछ । खेलमा जित्नेले १ अंक प्राप्त गर्ने छ,भने बरावरी भएको खण्डमा दुवैले आधा–आधा अंक र हार्नेले शुन्य अंक पाउने आरविटर अर्थात निर्णायक महेश्वर डंगोलको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित