६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

ओलीले टिकट खोसे पनि एमाले नछाड्ने भीमको घोषणा

असोज २७ काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी छाडेर नजाने बताएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक इगोका कारण टिकट नदिए पनि रावलले भने पार्टी नछोड्ने घोषणा गरेका हुन् ।

रावलजस्तै ओलीद्वारा टिकट खोसिएका अर्का नेता घनश्याम भुसालले भने एमाले परित्याग गरेर गइसकेका छन् । रावलले ओली पार्टीभित्र स्वेच्छाचारी भए पनि आफू पार्टी छाडेर नजाने बताएका हुन् । गत साल एमाले विभाजित हुँदा पनि उनी माधव नेपाल समूहमा रहे पनि अन्तिममा पार्टीभित्रै रहेर संघर्ष भन्दै एमालेमै बसेका थिए ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टीभित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने बताए । उनले भने, ‘मलाई टिकट नदिएको विषयमा मेरो गुनासो छैन, तर पार्टीभित्र नीति र विधि उल्लंघन भएको र स्वेच्छाचारिता लादिएकाेमा प्रश्न उठाएको हुँ ।’

आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उनको भनाइ छ । तर पनि आफूले आगामी निर्वाचनमा योग्य उम्मेदवारलाई जिताउन सघाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित