लामो समयदेखि बन्द रहेको गोरखाको रबर उद्योग र पालुङटार एयरपोर्टलाई सञ्चालनमा ल्याउन विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । ‘रबर उद्योगलाई नयाँ ढंगले अघि बढाइने छ,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘पालुङटार एयरपोर्टलाई पुनः सञ्चालन गर्दै व्यवस्थित गरिनेछ ।’ बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । उत्तरी गोरखाको भूगोललाई समेट्दै प्रचण्डले चुमनुव्री र धार्चे गाउँपालिकालाई स्वायत्त क्षेत्र घोषणा गर्न पहल गर्ने बताएका छन् । बेनिघाट–आरुघाट–लार्के सडक निर्माण कार्यलाई पूरा गर्दै उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्ने उनले प्रतिबद्धता जनाएका छन् । ‘चीनसँग सीमा जोडिएको रुइला नाका नियमित रुपमा सुचारु हुने सुनिश्चितता सहित नुव्री क्षेत्रमा अन्तरदेशीय बन्दरगाह स्थापना गरिनेछ, चुम र नुव्री भ्यालीलाई हिमाली शहरको रुपमा विकास गर्न विशेष पहल गर्ने छु,’ प्रतिबद्धता पत्रमा प्रचण्डले भनेका छन् ।
प्रचण्डको प्रतिबद्धता : रबर उद्योग र पालुङटार एयरपोर्ट सञ्चालनदेखि बुढीगण्डकी आयोजना निर्माणसम्म
६ कात्तिक, गोरखा । मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिबद्धता पत्रमा रबर उद्योग र पालुङटार एयरपोर्ट सञ्चालनदेखि बुढीगण्डकी आयोजना निर्माणसम्मका योजना समेटेका छन् ।
लामो समयदेखि बन्द रहेको गोरखाको रबर उद्योग र पालुङटार एयरपोर्टलाई सञ्चालनमा ल्याउन विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । ‘रबर उद्योगलाई नयाँ ढंगले अघि बढाइने छ,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘पालुङटार एयरपोर्टलाई पुनः सञ्चालन गर्दै व्यवस्थित गरिनेछ ।’ बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
उत्तरी गोरखाको भूगोललाई समेट्दै प्रचण्डले चुमनुव्री र धार्चे गाउँपालिकालाई स्वायत्त क्षेत्र घोषणा गर्न पहल गर्ने बताएका छन् ।
चुम र नुव्री भ्यालीलाई हिमाली शहर बनाउने आश्वासन
बेनिघाट–आरुघाट–लार्के सडक निर्माण कार्यलाई पूरा गर्दै उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्ने उनले प्रतिबद्धता जनाएका छन् । ‘चीनसँग सीमा जोडिएको रुइला नाका नियमित रुपमा सुचारु हुने सुनिश्चितता सहित नुव्री क्षेत्रमा अन्तरदेशीय बन्दरगाह स्थापना गरिनेछ, चुम र नुव्री भ्यालीलाई हिमाली शहरको रुपमा विकास गर्न विशेष पहल गर्ने छु,’ प्रतिबद्धता पत्रमा प्रचण्डले भनेका छन् ।