६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

बिमलनगर बाटै लिखित तथा ट्रायल परिक्षा को लागि खुल्यो अनलाइन आबेदन                                                  

यातायात ब्यवस्था कार्यालय बिमलनगर  तनहुँले कार्तिक ६ देखि  सबारी चालक अनुमती पत्र को लागि आबेदन खुल्ल गरेको छ ।                                                                                            लिखित तथा  ट्रायल दिन चाहाने सेवाग्राही ले अब  तनहुँ को बिमलनगर बाटै लिखित तथा ट्रायल दिन सक्ने छन् ।
भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात ब्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत यातायात  ब्यवस्था कार्यालय तनहुँले असार १ गते देखि जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ को बिमलनगरबाट सेवा शुरु गरेको थियो । त्यस अघि  अघि डुम्रेको चिसापानीबाट सेवा दिँदै आएको थियो ।
कार्यालयले असार बाटै सवारी साधनको दर्ता गर्न सुरु गरेको भएपनि लाइसेन्स को लागि लिखत तथा ट्रायल परिक्षा को लागि आबेदन खुल्ला गरेको थिएन । कार्यालयबाट दुई पाङ्ग्रे र चार पाँङ्ग्रे साना सवारीको ट्रायल लिने र पास भएकाहरुलाई लाइसेन्स वितरण गर्ने बताएको छ ।
लाइसेन्सको वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका सेवाग्राही  पोखरा, चितवन र काठमाडौं धाउनु पर्ने बाध्यता हट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित