६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

कता हराए “बादल” किन मौन छन?

माओवादीबाट एमालेमा गएकाहरु कोही खुसी छैनन् । बाहिर नभन्नु अलग कुरा भयो । भन्दा पनि मान्छेहरु आफै हाँस्छन् । वास्तवमा भित्र कोही खुसी छैनन् । बादल, टोपबहादुर, लेखराजलाई यो देशका कसले चिन्या थिएन ? सबैले चिनेको फिगर, देशले सम्मान गरेको नेता । अहिले आएर कोठाबाट बाहिर निस्कने ठाउँ छैन । बाहिर निस्केर पनि गर्ने काम केही छैन । पोष्ट दिएको छ बादलजीलाई एउटा उपाध्यक्ष, काम केही छैन,’ यी शब्द हुन् भर्खरै नेकपा एमाले छोडेका प्रभु साहको ।                                                                    एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै साहले थापाको मात्रै होइन, माओवादी समूह भनेर चिनिने एमाले नेताहरुको हालत उस्तै रहेको खुलासा गरे । एमाले उपाध्यक्ष थापालाई कसैले बोलाए बैठकमा गएर बोल्ने, नभए कोठामै थन्किएर बस्ने अवस्था रहेको उनको भनाइ थियो । ‘हामीले यत्रो त्याग गरेरै ओलीजीलाई साथ दियौं । हामीलाई लाग्या थियो– दुःखमा साथ दिएकालाई यति छिटो धोकामा परिणत गर्नुहुन्न । आज आएर सबै छर्लङ्ग भयो,’ साहले भने ।                  उनकै भनाइ अनुसार एमालेभित्र पूर्व माओवादी उकुसमुकुस भएकाले भित्र खुसी नभए पनि बाहिर व्यक्त गरेका छैनन् । हुन पनि आसन्न निर्वाचनमा उम्मेदवारसमेत बन्न नपाएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ कतै देखिएका छैनन् । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि सबै दलका उम्मेदवार आ–आफ्नो क्षेत्रमा घरदैलो, टोल भेला र प्रशिक्षणमा व्यस्त छन् । सबै पार्टीका शीर्ष नेताहरु पार्टीको पक्षमा माहोल बनाउन देश दौडाहामा छन् । तर, थापा पार्टीका कुनै कार्यक्रममा कहीँ कतै देखिएका छैनन् । चुनावी सरगर्मीमा थापा मौन रहनु अनौठो मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित