६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

खुलेआम पटका पड्काउँदा मुकदर्शक प्रशासन

गोरखा -सरकारले पटका, झिरझिरे लगायत पड्काउन र बाल्न प्रतिबन्ध लगाए पनि  कार्यान्वयन हुन सकेको छैन।

तिहार सुरू भएसँगै बजार तथा गाउँगाउँमा पटका र झिरझिरेको आतंक नै सिर्जना हुने गरेको छ। भारतीय खुला सीमा-नाकाको फाइदा उठाउँदै गैरकानुनी रूपमा भित्र्याइने यी सामग्रीको बिक्री-वितरणमा स्थानीय प्रशासन भने बेखबर बन्ने गरेको छ।

किराना र रङ पसलहरूमा  पुस्तक पसलमा समेत खुलेआम बिक्री भएको पाइएको छ। त्यस्तै डिपार्टमेन्टल स्टोरमा पनि पाइन थालेको छ। जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि साँझको समयमा यत्रतत्र पटका पड्किएको आवाजले बालबालिका तथा वृद्धवृद्धालाई आतंकित बनाएको छ।

प्रहरी प्रशासनको बेवास्ताका कारण पछिल्लो समय बजार तथा गाउघर मा   गैरकानुनी क्रियाकलापले प्रसय पाउन थालेको सर्वसाधारणको गुनासो छ। प्रशासन आफैंले प्रतिबन्ध लगाएको पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा प्रहरी मुकदर्शक बनेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित