६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

मतदाता भेटघाट को लागि प्रचण्ड गोरखा आइपुग्नु भएको छ ।

गोरखा, १२ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन प्रचार प्रसारका लागि शुक्रबार गोरखा आइपुग्नु भएको छ । गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उमेद्वार एवं पूर्वप्रधानमन्त्री प्रचण्ड निर्वाचनका लागि मतदाता भेटघाटका लागि धादिङ हुदै गोरखाको आरुघाटमा आईपूग्नु भएको हो ।

सो क्रममा आरुघाटमा आयोजित कार्यकता भेटघाटका क्रममा उहाँले ४६ बर्ष अघि आफूले अध्यापन गराएको आरुघाटको सम्झना गर्नुभयो । अध्यक्ष प्रचण्डले शनिबारदेखि भने आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघट सुरु गर्नुहनेछ । अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रका जनतासंग भेटघाटका लागि टोलटोलमा पुग्ने कार्यतालिका बनेको पार्टीका गोरखा जिल्ला संयोजक बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार कात्तिक १२ गते भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालबाट सुरु गरेर बारपाक सुलिकोट गाउँपालिकाको गैह्रीछाप पन्द्रुङ, जराङ स्वाँरा हुदैँ भच्चेकसम्मका मतदातासंग भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै १३ गते सिरानचोक गाउँपालिकाको चिप्लेटी, चित्रेपोखरी थुम्की मैदान, चोरकोटे, पालुङटार नगरपालिकाको खोप्लाङ, सातदोबाटे, बागडाँडा हुदै नयाँपुलसम्मका मतदातासंग भेट गर्ने जिल्ला संयोजक भट्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित