६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखा अस्पतालका डाक्टर कुटपिट घटनामा संलग्न ३ जना पक्राउ

गोरखा, १२ कात्तिक । गोरखा अस्पतालमा कार्यरत डाक्टर कुटपिट घटनामा संलग्न तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं ९ का २८ वर्षीय समिर कुवँर, सोहि ठाउँका १९ वर्षीय अनुप बस्नेत र वडा नं. ३ का २६ वर्षीय प्रमोद जंग कुवँरलाई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सोमदास ढकालले जानकारी दिनुभयो।

उनीहरुले गत कार्तिक ६ गते आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि हातपात गरेका थिए ।

सोहि घटनापछि बसेको अस्पताल व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी यथासीघ्र दोषीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।

सोहि निवेदनका आधारमा केही दिन देखी फरार रहेका उनीहरुलाई आज पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको ढकालले बताउनुभयो ।दोषीलाई कारवाही नभए चरणबद्व आन्दोलन गर्ने अस्पतालका कर्मचारीहरुले प्रेस बिज्ञप्ती नै जारी गरेर निर्णय समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित