६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

हरिबोधनी एकादशीमा आदिमुल मा ठुलो मेला लाग्ने

कार्तिक १५ आँबुखैरेनी तनहुँ  : तनहुँको धार्मीक स्थल आँधीमुलमा एकादशी मेला लाग्ने भएको छ । ठूलो एकादशी पर्व भनेर समेत मानिँदै आएको हरिबोधनी एकादशी यस वर्ष आगामी कार्तिक १८ गते शुक्रबार परेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.१ मा रहेको ऐतिहासिक एवं धार्मिक स्थल आँधिमूल अर्थात आँधिबराही मन्दिरमा मेला लाग्ने भएको हो ।

विगतका वर्षहरुमा कोरोनाका कारण भक्तजनहरुको कम उपस्थिति रहेकोमा यस वर्ष भने भक्तजनको भिड बढ्ने अनुमान गरिएको मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष रमेश थापाले जानकारी दिए । मेलाको तयारी स्वरुप मन्दिर परिसरको सरसफाई, बजार ब्यवस्थापन, सजावट लगाएतको काम तिब्र गतिमा भईरहेको समितिका सचिव कुमार पोख्रेलले बताए ।

हजारौं दर्शनार्थी मन्दिर सोहि दिन आउने हुनाले पनि हरि बोधनी ठुलो एकादशीका दिन भव्य रुपमा मेला लाग्ने भएको ले सम्पु्र्ण दर्शनार्थीहरुलाई स्वागत गरिएको पनि मन्दिरका पुजारी युवराज मास्की मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित