६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

नेत्रहीन संघ पुर्नस्थापना कार्यक्रम परियोजनाहरुकोे सार्वजनिकरण

गोरखा ,२६ मंसिर । नेपाल नेत्रहीन संघ पुर्नस्थापना कार्यक्रम अन्तरगत सञ्चालित परियोजनाहरुकोे आज सार्वजनिकरण गरिएको छ । नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन बस्नेतको अध्यक्षतामा गोरखा सदरमुकाममा भएको कार्यक्रममा परियोजना अन्र्तगत भएका कार्यक्रमहरुको जानकारी गराइएको हो ।

परियोजनका फिल्ड अफिसर प्रेम महर्जनले गोरखा तनहुँ र धादिङ जिल्लाका २२ वटा पालिकाहरुमा पुर्नस्थापना अन्तरगत कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत बिभिन्न व्यवसायिक तालिमहरु संचालनका साथै दैनिक दिनचर्याका सामग्री वितरण गरिएको उहाँको भनाई छ । दृष्टिविहीन तथा अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको मर्हजनको भनाई छ ।

कार्यक्रम संचालनका लागी बार्षिक एक करोड ८० लाख रकम विनियोजन हुने गरेको कार्यक्रम निर्देशक अमृत राईले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्ण राना, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, सामाजिक बिकास कार्यालयका प्रमुख दिपेन्द्र परियार लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित