स्याङ्जामा पर्खालले थिचिँदा मजदुरको ज्यान गयाे
स्याङ्जा – स्याङ्जाको वालिङमा पर्खालले थिचिँदा एक मजदुरको ज्यान गएकाे छ । हिजाे वालिङ नगरपालिका–८ डुम्रिकोटमा रहेकाे डुम्रिकोट–मिर्दी सडक खण्डमा काम गर्ने क्रममा पर्खालले थिचिँदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको ज्यान गएकाे हाे ।
सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङमा रहेकाे गह्रौँ प्राथमिक अस्पतालमा ज्यान गएकाे हाे।
प्रतिक्रिया दिनुहोस्