६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

अलपत्र पुलको ठेक्का सम्झौता ठेकेदारले एकतर्फी तोड्यो

गोरखा, २ पुस । गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने त्रिशुली नदी माथिको पक्की पुल निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनीले ८ बर्षपछि ठेक्का सम्झौता एकतर्फी रद्ध गरेको छ । गण्डकी गाउँपालिकाको मकैसिङ बुटार  र इच्छाकामना गाउँपालिका जोड्ने पक्की पुल निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन प्रा.लिले ठेक्का सम्झौता तोडेको हो ।

ठेकेदार कम्पनीले सार्वजनिक सूचना मार्फत गोरखाको एघार किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक आयोजनासंग उत्त पुल निर्माणका लागि गरेको ठेक्का सम्झौता तोडेको जनाएको छ । पुल निर्माणको काम अलपत्र पार्ने पप्पु कन्सट्रक्नसलाई आयोजनाले पटक–पटक लिखित र मौखिक जानकारी गराउदा समेत आयोजना निर्माण सम्पन्न गर्ने तर्फ तदारुकता नदेखाएको भन्दै यहीँ मङ्सिर १४ गते सातदिने स्पष्टीकरण सोधेको थियो ।

आयोजनाले सोधेको स्पस्टीकरणमा चित्त बुझ्दो जवाफ नआए ठेक्का सम्झौता रद्ध गर्ने कम्पनीलाई चेतावनी दिएको भएपनि उल्टै कम्पनीले आयोजनासंग एकतर्फी ठेक्का सम्झौता तोडेको हो । पुल निर्माणका लागि सम्झौता भए अनुसार आयोजनाले बेलीब्रिज निर्माण नगरिदिएको ठेकेदार कम्पनीले आरोप लगाएको छ । साथै निर्माण व्यवसायीले पेस गरेको बिल भुक्तानी नगरेको र पटक–पटक पत्रचार गर्दा समेत बेवास्ता गरेको भन्दै ठेक्का सम्झौता रद्द गरेको कम्पनीको दावी गरेको छ ।

कम्पनीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(३) एवम् सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२७ बमोजिम वित्तिय फरफारक गर्न समेत माग गरेको छ । एघार किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक आयोजनाले पप्पु पप्पु कन्सट्रक्नसन प्रा.लिसंग २०७१ असार २९ गते पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता भएको ३ बर्ष ६ महिनामा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि अहिलेसम्म ११ प्रतिसत मात्र भएको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले ८ बर्ष बितिसक्दा पुलको दुवै तर्फको पिल्लर मात्रै हालेर काम छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित