६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

शितलनिवासमा ओली, प्रचण्ड र झलनाथको जम्काभेट,

काठमाडौं, ६ पुष । नेकपा विभाजनपछि पहिलोपटक एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ ।                                                 आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको लागि आयोजित शपथग्रहण कार्यक्रममा सहभागी हुने क्रममा तीन जना नेताहरुबीच जम्काभेट भएको हो । सो क्रममा तीन जना नेताले भलाकुसारी पनि गरेका थिए ।  नेकपा विभाजनपछि उनीहरुबीच आज पहिलोपटक यसरी भेट भएको हो । भोलि प्रतिनिधिसभाका सांसदहरुको शपथ हुँदैछ । राष्ट्रपतिले नयाँ सरकार गठनको लागि समयसिमा नै तोकेको अवस्था छ । पछिल्लो समय वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनको लागि गृहकार्य पनि भैरहेको छ। एमालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर नै प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको छ।

तर, प्रचण्ड भने कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनबाट नै प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसको लागि दाहालले आज अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मालाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ आफ्नो दूतको रुपमा पठाएर शक्ति बाँडफाँडको प्रस्ताव राखेका छन् । सो क्रममा शर्माले देउवालाई पहिलो चरणमा सरकारको नेतृत्व प्रचण्डलाई दिन आग्रह गरेको बुझिएको छ ।

आजै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन् । देउवाले पनि नयाँ सरकार गठनको लागि गृहकार्य थालेका छन् । उनले आजै साँझ बस्नेगरि गठबन्धनको बैठक बोलाएका छन् । दलको नेतामा निर्वाचित भएलगत्तै देउवा माधव नेपाललाई अस्पतालमा भेट्न पुगेका थिए । सो क्रममा प्रचण्ड पनि सँगै थिए । उनीहरुबीच सरकार गठनबारे अस्पतालमै प्रारम्भिक छलफल भएको स्रोतको दाबी छ ।

प्रचण्ड भने नयाँ सरकारको पहिलो चरणमा नेतृत्व गर्न चाहन्छन् । उनी कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्वको लागि अवसर नदिए गठबन्धन तोडेर भएपनि एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री बन्ने रणनीतिका साथ अघि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित