६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालिकाका प्राविधिकलाई तालिम

मन्त्रालयका उपसचिव धु्रवबहादुर खड्का, सूचना प्रविधि अधिकृत यूवराज भण्डारीसहितको टोलीले स्थानीय तहका प्राविधिक, जनप्रतिनिधि, विपत् शाखा र विपत् व्यवस्थापन समितिका पदाधिकारीलाई विद्युतीय प्रणालीको एप्स ‘डाउनलोड’देखि तस्बीर र फोटो कसरी ‘अपलोड’ गर्ने विषयमा जानकारी गराएको थियो ।

अधिकृत भण्डारीले योभन्दा पहिला ६७ वटा जिल्लामा भर्चुअलरुपमा तालिम दिइएकामा अव भौतिक रुपमै जिल्ला जिल्लामा जानकारी गराइएको बताए ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले यसबाट स्थानीय तहका विपद् शाखादेखि प्रविधिक सम्मलाई निकै राहत पुगेको बताए । यसवर्षको विपतमा जुम्लामा दुई हजारभन्दा बढी घर क्षति, दश जनाको मृत्यु र आठवटै स्थानीय तहमा करोडाँैका खेतीयोग्य जमिन क्षति भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित