६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

काठमाण्डौमा यसवर्षकै जाडो, न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्यो

काठमाण्डाै – पुस महिना लागेसँगै देशभर चिसो बढेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यसवर्षको अहिलेसम्मकै कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशभरकै तापक्रम घट्न थालेको छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै, जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान छ ।

हिजो कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो । कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा गरिएको मापन अनुसार त्यहाँ ३ दशमलव ६ मिलिमिटर, म्यादीको घोरेपानीमा १ दशमलव ५ मिलिमिटर र खोटाङको दूधकोकोशीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित