६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

छोरी पहिलोपटक महिनावारी भएपछि पत्रकार दम्पतीले दिए पार्टी, केक पनि काटियो

काठमाडौं। एक पत्रकार दम्पतीले आफ्नी छोरी पहिलोपटक महिनावारी भएकोमा धूमधामसँग खुसीयाली मनाएका छन् । यो खबर अन्यत्र कतैको नभएर नेपालकै हो ।

राससमा कार्यरत पत्रकार प्रकाश सिलवाल र रेडियो नेपालमा काम गर्ने उनकी पत्नी यशोदा सिलवालले ११ वर्षीया छोरीको महिनावारीलाई उत्सवका रूपमा मनाएका हुन् ।

पत्रकार जोडीले हिजो निकट आफन्त र साथीभाइ सहितको जमघट आयोजना गरेका थिए । कार्यक्रममा बालिकालाई सयपत्री फुलको माला र शिरमा क्राउन पहिर्याइएको थियो ।

बालिकालाई केक काट्न पनि लगाइयो । बालिका र बुवाआमाले एकअर्कालाई केक खुवाए । आगन्तुकहरूले बालिकालाई बधाई दिए ।

यशोदाले आफ्नो फेसबुकमा उक्त सेलिब्रेसनका तस्बिरहरू पोस्ट गरेकी छन् । महिनावारी पाप होइन उत्सव हो भनेर यो कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।

कमेन्टमा अधिकांशले गज्जबको काम गरेको भन्दै प्रकाश र यशोदाको वाहवाही गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित