६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

धुवाँकोट स्वास्थ्य चौकी पालुङटार ८ मा बृहत निशुल्क स्वास्थ्य शिविर हुने।

गोरखा पौष १३ – गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ८ धुवाँकोट मा यही पुस १५ गते वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ।

तमु लोसार को उपलक्ष्यमा लाइन्स इन्टरनेसनल डिस्टृक ३२५ आर अन्तर्गत चितवन चौतारी तथा २३ वटा स्पोन्सर क्लबहरुको आयोजना एबम धुवाकोट स्वास्थ्य चौकी, पालुङटार नगरपालिका वडा नम्बर ८ को सहआयोजना र कोशी क्यान्सर सेन्टर भरतपुर १० को सहयोगमा यहि पौष १५ गत्ते शुक्रबार धुवाँकोट स्वास्थ्य चौकी मा बिहान ७ बजे देखि १ बजे सम्म शिबिर सञ्चालन हुन लागेको हो।

उक्त शिविरमा सर्जन, मेडेसियन, स्त्री रोग ,हार्डजोर्नी रोग, नसा रोग, दात रोग, बाल रोग , नाक कान घाँटी समन्धी रोगको उपचार को लागि चितवन स्थित मेडिकल कलेज र क्यान्सर अस्पतालका वरिष्ठ डाक्टरहरूको सहभागिता मा शिबिर सन्चालन हुन लागेको धुवाँकोट स्वास्थ्य चौकीमा प्रमुख लक्ष्मण बाबू श्रेष्ठले बताउनु भएको छ ।

यस स्वास्थ्य शिविरबाट पालुङटार नगरपालिका वडा नम्बर ६,७ र ८ का बासिन्दाहरू लाभान्वित हुने छन् ।उक्त शिबिर मा औषधि पनि निशुल्क बितरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित