६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटर ८ धुवाँकोटमा बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोरखा पौष १५ गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ८ धुवाँकोट मा वृहत निशुल्क स्वास्थ्य शिविर भएको छ।

तमु लोसार को उपलक्ष्यमा लाइन्स इन्टरनेसनल डिस्टृक ३२५ आर अन्तर्गत चितवन चौतारी तथा २३ वटा स्पोन्सर क्लबहरुको आयोजना एबम धुवाकोट स्वास्थ्य चौकी, पालुङटार नगरपालिका वडा नम्बर ८ को सहआयोजना र कोशी क्यान्सर सेन्टर भरतपुर १० को सहयोगमा यहि पौष १५ गत्ते शुक्रबार धुवाँकोट स्वास्थ्य चौकी मा बिहान ७ बजे देखि १ बजे सम्म सन्चालन भएको हो ।

उक्त शिविरमा सर्जन, मेडेसियन, स्त्री रोग ,हार्डजोर्नी रोग, नसा रोग, दात रोग, बाल रोग , नाक कान घाँटी समन्धी रोगको उपचार को लागि चितवन स्थित मेडिकल कलेज र क्यान्सर अस्पतालका वरिष्ठ डाक्टरहरूको सहभागिता मा शिबिर सन्चालन भएको हो । उक्त शिविर मा करिब ७०० भन्दा बढी ले स्वास्थ्य सेवा लिगेको धुवाँकोट स्वास्थ्य चौकीमा प्रमुख लक्ष्मण बाबू श्रेष्ठले बताउनु भएको छ ।

करिब ५० भन्दा बढी बरिस्ठ डाक्टर उपस्थितिमा शिविर सन्चालन भएको हो । शिविर को सम्पुर्ण  ब्यबस्थापन धुवाँकोट निबासी अभिमन्यु अधिकारिले गर्नु भएको हो । शिवीर मा निशुल्क औषधि पनि बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित