६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

मनकामना केबलकार आजदेखी नियमित संञ्चालनमा

गोरखा, २२ पुष । मनकामना केबलकार आजदेखी नियमित रुपमा संञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण गएको पौष ११ गते साँझ प्यानल बोर्डमा आगलागी भए लगत्तै अवरुद्ध भएको केबुलकार सेवा आज शुक्रबारदेखि नियमित सञ्चालनमा आएको हो ।

निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकहरू र सामान आएर बिहीबार राती नै काम समपन्न भएकोले शुक्रबार बिहानैदेखी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

प्राविधिकहरुले राती अबेरसम्म सामान जडान गरेर टेष्ट गरे पछि शुक्रबार बिहानैदेखी केबलकार सञ्चालनमा आएको स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिनुभयो। उहाँका अनुसार आज विहान ८ बजेबाट नियमित यात्रुलाई सेवा दिन सुरु गरेको हो ।

प्यानल बोर्ड परिवर्तनका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट नै प्राविधिकहरुको एक टोली आएको केबलकार प्रशासनले जनाएको छ ।

पौष ११ गते प्यानल बोर्डमा आगलागी भए लगत्तै पौष १२ गते मंगलबारदेखी पूर्णरुपमा केबलकार बन्द गरिएको थियो । बन्द भएको ११ दिन पछि केबलकार सञ्चालनमा आए लगत्तै तिर्थ यात्रीहरु मनकामना दर्शनका लागि लान लाम लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित