७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

गोरखामा झुण्डिएर १२ बर्षका बालकद्धारा आत्माहत्या

गोरखा, २२ पुस । गोरखामा घरमा झुण्डिएर १२ बर्षका एक बालकले आत्माहत्या गरेका छन् । शहीद लखन गाउँपालिका वडा नम्बर ७ मकैपुर कोटगाउँका सिमन परियारले आफ्नै घरभित्रको ढलानमा झुण्डिएर आत्माहत्या गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

अपरान्ह्र करिब ४ बजेको समयमा डोरी लगाएर झुण्डिएका परियारलाई स्थानीयले देखेर उद्धार गरी उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याए लगत्तै बालकको मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टका लागि अस्पतालमा नै राखिएको छ । शवको पोष्टमार्टम पछि अन्त्येष्टीका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित