७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

दाङमा १३ वर्षीया बालिकामाथि बलात्कार

दाङ, २३ पुस । दाङमा लिफ्ट मागेकी १३ वर्षीय बालिमाथि बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिकामाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका हुन् । लमही नगरपालिका वडा नं ९ रिहारका २२ वर्षीय अनोवरकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

गत बिहीबार (पुस २१ गते) साँझ ५ बजे १३ वर्षीया बालिका परीक्षा दिएर घर फर्किँदै थिइन्। त्यहीबेला उनले यादवसँग लिफ्ट मागेको जाहेरीमा उल्लेख गरिएको छ ।

घर पुर्‍याइदिने बहानामा उनले ती बालिकालाई भरकुण्डी जंगलमा लगेका थिए। त्यहाँ लगेर बलात्कार गरी फरार भएको प्रहरीले जनाएको छ । घटनालगत्तै पीडितले प्रहरीलाई जानकारी गराएकी थिइन्। खबर पाएपछि बिहीबार राति नै प्रहरीले यादवलाई पक्राउ गरेको हो।

शुक्रबार यादवमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको एसपी वलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित